ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेतका ९ ओटै स्थानीय तहमा आयुर्वेद तथा जडिबुटी अभिमुखिकरण अभियान

२०७७ पौष, २८  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

पुस २८, सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिकको मागलाई मध्यनजर गर्दे आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण कार्यक्रम नै सञ्चालन गर्दै आईरहेको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका नौ ओटै स्थानीय तह चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चिंगाड गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेर मंगलवार लेकवेसी नगरपालिका र गुर्भाकोट नगरपालिकामा एवम् बुधवार भेरीगंगा नगरपालिकासँगै सिम्ता गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण गरिने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले जानकारी दिईन् । 

उनले रोग प्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न आयुर्वेदको महत्व, आयुर्वेद चिकित्सा पद्धती र जडिबुटीको पहिचान, उपयोगितिा तथा प्रयोग गर्ने विधिलगायतका बारेमा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण गरिएको बताइन् । यता जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले कर्णाली प्रदेश सरकारले विभिन्न चिकित्सा पद्धतीलाई एकीकृतरुपमा अगाडि बढाएकाले जनस्वास्थ्य कार्यालय मार्फत आयुर्वेद प्रवर्द्धनतर्फ जडिबुटीको महत्वका बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बताए । 

उनले सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण कार्यक्रमका लागि जनस्वास्थ्य कार्यालयलाई हालसम्म पाँच लाख रुपैयाँ प्राप्त भएको बताए । उनका अनुसार आयुर्वेद तथा जडिबुटीको उपयोगिता, उपभोग विधि, पहिचानलगायतका बारेमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत आमा समूह हुँदै आम जनसमुदायसम्म सचेतना फैलाउने उद्देश्य रहेको छ । 

आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण अभियानमा प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाल, जिल्ला जनस्वास्थ्य प्रमुख वाग्ले, औलो रोग फोकल पर्सन उदय विसी, स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख आचार्य, जिल्ला जनस्वास्थ्यका ल्यावटेक्निसियन दयाराम पंगालीलगायतको सहभागिता रहेको छ । 

आयुर्वेदतर्फ आकर्षण बढ्दै
कर्णाली प्रदेशमा कोरोना कहरपछि आयुर्वेद औषधितर्फ थप आकार्षण बढेको छ । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न भन्दै आयुर्वेदिक जडीबुटी खाने गरिएपछि आयुर्वेदको थप महत्व बढ्दै गएको हो । 

चिकित्सकको सल्लाह अनुसार संक्रमणबाट जोगिन धेरैले आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् । आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपनि सस्तोमा उपचार हुने भएकाले यसतर्फ सेवाग्राहीको आकर्षण बढेको आयुर्वेदका जानकार बताउँछन् । 

प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष विनोद ढकालले जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले सर्वसाधारणको आयुर्वेदतर्फ आकर्षण बढेकोे बताए । उनका अनुसार औषधालयबाट दैनिक १०० जना भन्दा बढीले आयुर्वेदिक औषधि लिने गरेका गरेका छन् । 
औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कोरोना भाइरसबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो, तुलसीलगायत जडीबुटीबाट बनेका अमृतचियालगायत औषधिको उपभोग बढ्दै गईरहेको बताए ।

उनले औषधालयबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र हालसम्म करीब ६ हजार भन्दा बढी नागरिकले गुर्जोको प्रयोग गरेको बताए । उनका अनुसार प्रदेशमै पर्याप्त जडिबुटीको भण्डारण रहेपनि संकलन तथा प्रशोधन अभावमा तुलनात्मकरुपले धेरै महँगो मूल्यमा बाहिरबाट औषधि ल्याउनु पर्ने बाध्यता रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्