पुस २८, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
उक्त सभाले चुक्तापूँजीको १६ दशमलव ९४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्री प्रसाद पुडासैनीलाई निर्विरोध चयन गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८५ करोड ५१ लाख रहेको छ बोनस वितरणपश्चात उक्त पूँजी रू. एक अर्बभन्दा बढी पुगेको छ ।
कम्पनीले हाल १२० ओटा शाखा कार्यालयमार्फत् ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरेर १ लाख २५ हजार भन्दाबढी विपन्न घर परिवारलाई लघुवित्त सेवा प्रदान गरीरहेको छ ।