ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुटवल पावर कम्पनीको २८औं वार्षिक साधारणसभा

२०७७ पौष, २९  
बजार
NA

काठमाडौं (अस ) । बुटवल पावर कम्पनीको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको बुद्धनगरमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्ताव पारित गरेको छ । कम्पनीले आव ०७६/७७ मा ७३ करोड १२ लाख ८४ हजार ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साधारणसभाले शेयरधनीलाई सो मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको कम्पनीले बताएको छ ।

बोनस शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड १३ लाख ६० हजार ५ सय रुपैयाँ पुग्नेछ । आव ०७६/७७ मा कम्पनीले १२ मेगावाटको झिमरुक विद्युत् आयोजना र ९.४ मेगावाटको आँधीखोला विद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले स्याङ्जा, पाल्पा, प्यूठान र अर्घाखाँचीका करिब ५९ हजार उपभोक्तालाई नियमित विद्युत् वितरण गर्दै आएको छ । यसबाहेक कम्पनीले हालसम्म सहायक तथा सम्बद्ध कम्पनीमा गरेको शेयर लगानी करिब ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्