काठमाडौं (अस) । स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा नेप्mस्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
साधारणसभाका सभापति तथा संस्थाको अध्यक्ष साधुराम गौतमले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन तथा ०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
कोभिड–१९ को महामारीबीच संस्थागत र सामाजिक कार्यक्रममा संस्था निरन्तर लागिरहेको र बन्दाबन्दीका कारण आर्थिक समस्यामा परेका ऋणी सदस्यलाई राहत उपलब्ध गराउन ब्याजमा २ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको र सबै शेयर सदस्यको कोभिड–१९ को बिमा संस्थाले स्वयं गराएको र प्रधानमन्त्री राहत कोषमा संस्थाका तर्फबाट १ लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराइएको साधारणसभामा जानकारी दिइयो ।
संस्थाको आव ०७६/७७ को हालसम्म शेयर पुँजी ६ करोड ८० लाख ५५ हजार, बचत संलकन ५३ करोड ४४ लाख ६ हजार र सदस्यलाई लगानी गरेको ऋण ५२ करोड ६२ लाख ११ हजार पुगेको छ ।