काठमाडौं, (अस) । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १९ औं वार्षिक साधारणसभा गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भएको छ ।
साधारणसभाले आव ०७६÷७७ को नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ३.४० प्रतिशतले नगद लाभांश २ करोड ७२ लाख बोनस शेयर तथा नगद लाभांश करसहित र चुक्ता पुँजीको ८ प्रतिशतले ६ करोड ४० लाख बराबरको बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख हुनेछ । हाल संस्थाको निक्षेप ६ अर्ब १३ करोड तथा कर्जा ४ अर्व ४५ करोड रुपैयाँ रहेको छ ।
संस्थाले प्रधान कार्यालयसहित २१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठसहित सञ्चालक समितिका तर्फबाट डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर र कीर्तिनाथ मास्के सम्मिलित साधारणसभामा शेयरधनीलाई जुममार्फत सहभागी गराइएको थियो ।