ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल एसबीआई बैंकको साधारणसभा : ९ दशमलव ४७% लाभांश वितरण

२०७७ पौष, २९  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल एसबीआई बैंकले शेयरधनीहरूलाई चुक्ता पुँजीको ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण पारित गरेको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मंगलबार सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभामा ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश पारित गरिएको हो ।

सभाले बैंकको आव ०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक विवरणलगायत पारित गर्‍यो । साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आव ०७६/७७ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

साधारणसभाले आव ०७७/७८ मा बैंकको लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्