ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धौलागिरि र कलैया अस्पतालका चिकित्सक आन्दोलित

२०७७ पौष, २९  
गण्डकी प्रदेश
NA

बाग्लुङ । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित भएका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।     

सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल प्रशासनले चिकित्सकको श्रम शोषण गरेकाले दबाबस्वरूप अन्दोलनमा जानु परेको डा. गणेश चालिसेले बताए । चिकित्सकले  मंगलबार अस्पतालको प्रशासन शाखाअघि बिरामी जाँचेर आफ्ना मागको सुनुवाइका लागि दबाब दिए ।     

सरकारले तोकेभन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने चिकित्सकको माग  छ । सातामा पाँच दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बिरामी जाँच गरे आफूहरूको काम पूरा हुने भए पनि अस्पताल प्रशासनले २४ घन्टा काममा लगाउने गरेको डा. चालिसले दाबी गरे । अस्पतालमा अहिले १५ जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसर छन् । चिकित्सक आन्दोलित भएपछि बिरामी भने मर्कामा परेका छन् ।   
 
कलैयाका डाक्टर पनि आन्दोलित

कोरोना जोखिम भत्ताको माग गर्दै कलैया अस्पतालका कर्मचारीले पनि मंगलबारदेखि धर्ना सुरु गरेका छन् । नागरिकको जिउज्यानको सुरक्षाका लागि रातदिन खटेर काम गरे पनि ११ महिना बितिसक्दा पनि कोरोना जोखिम भत्ता सरकारले उपलब्ध नगराएपछि आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका अध्यक्ष डा. हरिओमप्रसाद केसरीले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्