ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घरबासले ल्यायो महिलाको जीवनमा परिवर्तन

२०७७ पौष, २९  
गण्डकी प्रदेश
NA

बागलुङ । घरधन्दामा मात्रै सीमित हुने बागलुङका महिलाको जीवनस्तर घरबास (होम स्टे) व्यवसायका कारण परिवर्तन हुन थालेको छ । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै आएका यहाँका महिला घरबास सञ्चालनसँगै आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक सामाजिक जीवनमै परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरू बताउँछन् ।

जिल्लामा सञ्चालित २८ सामुदायिक घरबासमा महिलाको सक्रियता बढी छ । घरबास सञ्चालनसँगै महिलाहरूले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याएका छन् ।

शुरूमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिलाले अहिले आफ्नै नेतृत्वमा घरबास चलाएका छन् । घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिला घरबास सञ्चालनपछि आर्थिक रूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानले चिनाउन सफल भएको जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुंगा सामुदायिक घरबासका सञ्चालक माया श्रीसले बताइन् ।

घरबासले आन्तरिक पर्यटक बढाउँदा आयआर्जनका साथै घरबास नजिकै रहेको पर्यटकीय स्थल बेलढुंगाको प्रचार प्रसार भएको उनको भनाइ छ । बेलढुंगामा आएका पर्यटकले खाने बस्ने राम्रो प्रबन्ध खोज्न थालेपछि महिलाको अगुवाइमा घरबास सञ्चालनमा ल्याएको बेलढुंगा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले बताए ।

जनजातिको बाहुल्य रहेको बागलुङका विभिन्न स्थानमा घरबास फस्टाउँदै गएका छन् । जिल्लाको पहिलो घरबासका रूपमा रहेको पर्यटकीय गाउँ भकुण्डेमा अहिले दुई घरबास छन् । यहाँका महिलाले घरायसी कामबाहेक घरबास सञ्चालन गरी राम्रो आम्दानीका साथै व्यक्तित्व विकाससमेत गर्दै आएको घरबासका सञ्चालक अप्सरा थापाले बताइन् ।

२०६९ सालमा खुलेको बागलुङको पहिलो घरबास अथिति सत्कार घरबासले बागलुङमा घरबासको अवधारणा ल्याएको थियो । त्यसपछि घरबास सञ्चालन गर्ने अधिकांश महिलाको जीवनस्तरमा उल्लेख्य परिवर्तन आउन थालेको सञ्चालकहरू बताउँछन् । ‘गाउँमा घरबास सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीकोे काम गर्ने शैली, बोलीचाली र लवाइखवाइ समेत सुधारिएको छ,’ गलकोट नगरपालिका–२ स्थित तोरीखोला सामुदायिक घरबासका सञ्चालक सीता पुनले भनिन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्