ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्साका ८० प्रतिशत किसान धान खेतीमा

२०७७ पौष, २९  
प्रदेश ०२
NA

पर्सा । सरकारले निजी स्तरका गल्ला व्यापारीभन्दा बढी मूल्यमा खरिद गर्न थालेपछि पर्साका किसान धान खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।     

सरकारले पछिल्लो केही वर्षदेखि नेपाली धान खरिदको समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानको धान खरिद गर्न सुरु गरेको हो ।     
सरकारले रोपाइँ नहुँदै गत असारमा धानको समर्थन मूल्य तोकेको थियो । जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ५५ रुपैयाँ तोकेको थियो ।

आर्थिक वर्ष ०७६/७७ को तुलनामा प्रतिक्विन्टल २ सयभन्दा बढी मूल्य तोकेको हो । यसअघि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ५ सय ३१ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २ हजार ६ सय ७३ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो ।    
 
 आव २०७७/७८ को नीति तथा कार्यक्रममा किसानको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने नीतिअनुरुप सरकारले धानको समर्थन मूल्य तोकेको हो ।

रोग किराको प्रकोप, हावाहुरीले धानको बालामा दाना नलाग्नु तथा परागसेचन नभए पनि पर्सामा चालू आवमा ७ करोड ४४ लाख १७ हजार मूल्य बराबरको २ हजार ७ सय ५० मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रानीघाटले जनाएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्