ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इजी ट्याक्सी नेपाल एपमा आबद्ध ट्याक्सीलाई प्रभु इन्स्योरेन्सको बीमा

२०७७ पौष, २९  
बजार
Image Not Found

काठमाडौं (अस) । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य  समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीलाई बीमा सेवा सुविधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्य सम्झौता भएको हो ।

प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित कार्यक्रममा इजी ट्याक्सी नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट सञ्चित वज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।  

इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सीधनीलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रूपमा फर्स्योट गरिने गर्दै वज्राचार्यले बताए । कम्पनीहरूले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत सञ्चालन भएका बीमा सेवा–सुविधाका लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रम तयार पार्ने सहमतिसमेत गरेका छन् ।

एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीको बीमा सुविधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा विस्तार हुने आशा पौडेलले गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्