ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरामा रक्त सञ्चार केन्द्र निर्माण शुरू

२०७७ पौष, २९  
गण्डकी प्रदेश
NA

गण्डकी । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सुविधासम्पन्न रक्तसञ्चार केन्द्रको निर्माण शुरू छ । संस्थाले रू. ८ करोड लागतमा भवन निर्माण अघि बढाएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा २०४५ सालमा निर्माण भएको जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा–८ सृजनाचोकमा पार्किङसहितको तीनतले भवन निर्माण शुरू गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ५० लाख, महानगरबाट १५ लाख र अन्य विभिन्न संघसंस्थाबाट ५ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका करोडौंका मूल्यका उपकरणको सुरक्षामा चुनौती रहेकाले नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको पौडेलले बताए । ‘महानगरका ३३ ओटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायी लगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ,’ उनले भने । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्