ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भरतपुर महानगरको राजस्व संकलनमा ४.४१ प्रतिशतले कमी

२०७७ पौष, २९  
वाग्मती प्रदेश
NA

चितवन (अस) । भरतपुर महानगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । सातौं नगरसभामा महानगरप्रमुख रेणु दाहालले पेस गरेको आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

चालू आर्थिक वर्षको पुस २३ गतेसम्म महानगरपालिकाले २ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको  छ । यो गत आर्थिक वर्ष ०७६÷७७ को सोही अवधिको तुलनामा ४ दशमलव ४१ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २६ लाख ३२ हजार ४५० रुपैयाँ ४६ पैसा राजस्व संकलन भएको थियो ।

कोरोना महामारीका कारण आन्तरिक आयमा केही कमी आएको महानगरप्रमुख रेणु दाहालले बताइन् । कोभिडकै बीचमा यस अवधिसम्मको आन्तरिक आय निराशाजनक भने नभएको मेयर दाहालको दाबी छ ।

उनका अनुसार चालू आर्थिक वर्षको कुल राजस्व ३ अर्ब ३१ करोड ६४ लाख ८९ हजार अनुमान गरिएको थियो, जसमा आन्तरिक स्रोततर्फ ९० करोड संकलन हुने अनुमान थियो ।

घर वहाल कर ८ करोड, नक्सा पास दस्तुरबाट ७ करोड २० लाख, एकीकृत सम्पत्ति कर ४ करोड, व्यवसाय दस्तुर कर ६ करोड, विभिन्न सिफारिस दस्तुर कर ७ करोड, अन्य क्षेत्रको आय ४० करोड र ढुगा, गिटी बिक्रीबाट ६ करोड ८० लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्