ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बागलुङमा संघ मातहतका कार्यालयको पुँजीगत खर्च बढी

२०७७ पौष, २९  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

बागलुङ । बागलुङमा आर्थिक वर्ष ०७७/७८ को पहिलो ५ महिनामा  प्रदेशभन्दा संघ मातहतका कार्यालयले बढी पँुजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष ०७७/७८ मंसिर मसान्तसम्म संघ मातहतका कार्यालयले प्रदेशको भन्दा ५ प्रतिशत बढी पुँजीगत खर्च गरेका हुन् ।

कोलेनिका बागलुङ प्रमुख ज्ञानेन्द्रराज ओझाले सो अवधिमा संघ मातहतका कार्यालयको पुँजीगत खर्च २० दशमलव १३ प्रतिशत र प्रदेश मातहतका कार्यालयको पुँजीगत खर्च १५ दशमलव ३२ प्रतिशत रहेको बताए ।

संघ मातहतका कार्यालयतर्फ ९५ करोड ७३ लाख २७ हजार रुपैयाँ पुँजीगत बजेट रहेकामा मंसिर मसान्तसम्म १९ करोड २७ लाख ८९ हजार खर्च भएको छ भने प्रदेश मातहतका कार्यालयतर्फ १ अर्ब २० करोड ९४ लाख ६० हजार पुँजीगत बजेटमध्ये १८ करोड ५४ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।

कोलेनिकाको अनुसार मंसिर मसान्तसम्म संघ मातहतको परियोजना कार्यान्वयन इकाइले ३ दशमलव ५८, ढोरपाटन सिकार आरक्षण कार्यालयले ४ दशमलव ६३, सडक डिभिजनले २६ दशमलव ३० प्रतिशत, नयाँ सहर आयोजना, बुर्तिबाङले ३२ दशमलव ९०, जिल्ला आयोजना कार्यान्वयन इकाइले १३ दशमलव शून्य ३ प्रतिशत, जिल्ला आयोजना कार्यान्वयन इकाइ–भवनले शून्य दशमलव शून्य ४६ प्रतिशत र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले २ दशमलव ९३ प्रतिशत मात्र खर्च गरेका छन् ।

लोकसेवा आयोग, कारागार कार्यालय, इलाका प्रशासन कार्यालय बुर्तिबाङ, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, शत्रुमर्दन गुल्म, जिल्ला हुलाक कार्यालय र  तथ्यांक शाखा कार्यालयले भने पुँजीगत खर्च नै गरेका छैनन् ।

कोलेनिकाका प्रमुख ओझाले कोरोना महामारीका कारण विकासे कार्यालयले पनि समयमै बजेट खर्च गर्न नसकेको हुन सक्ने बताए । बागलुङमा संघ मातहतमा ३९ र प्रदेश मातहत १३ सरकारी कार्यालय छन् भने १० स्थानीय तह छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्