ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्णाली प्रदेश प्रमुखसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश

२०७७ पौष, २९  
कर्णाली प्रदेश
NA

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

संवैधानिक आयोगले केन्द्रमा राष्ट्रपति तथा प्रदेशमा प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्थाअनुरूप अख्तियारको सुर्खेत कार्यालयले मंगलवार प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेको हो । प्रदेश प्रमुखको कार्यालयमा आयोगका सुर्खेत कार्यालय प्रमुख नारायणप्रसाद रिसालले प्रतिवेदन हस्तान्तरण गरे ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले सदाचार निर्माणका लागि आयोगले गरेको कामको प्रशंसा गरे । आयोगले तीनओटै तहका सरकारलाई दिएका सुझाव मनन गरी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । साथै भ्रष्टाचारमुक्त प्रदेश बनाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राप्तिमा प्रतिवेदन सहयोगी बन्ने आशा व्यक्त गरे । अख्तियार दुरुपयोगका उजुरी आयोगसम्म सहजै पु¥याउने वातावरणका लागि प्रविधिमैत्री व्यवस्थामा जोड दिनुपर्ने उनको सुझाव थियो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा आयोगमा दर्ता भएका कुल उजुरीमध्ये कर्णाली प्रदेशका ५ दशमलव ८२५ (१०८० ओटा) उजुरी छन्, जुन अन्य प्रदेशको तुलनामा दोस्रो कम हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका प्रमुख रिसालले कर्णाली प्रदेशमा गत आर्थिक वर्षको अवधिभर १ हजार ८० उजुरी आयोगमा दर्ता भएकामध्ये ६१३ उजुरी फछर्योट तथा ४६७ उजुरी फछ्र्योट हुन बाँकी रहेको र बाँकी उजुरी चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्