ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुलिचौर–पोबाङ–थबाङ सडक स्तरोन्नति गरिँदै

२०७७ पौष, २९  
प्रदेश ०५
NA
author avatar माधवकुमार ओली

रोल्पा । पूर्वी रोल्पाको सुलिचौर बजारदेखि सुनछहरी गाउँपालिका हुँदै थबाङ जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरू भएको छ । पूर्वी रोल्पा हुँदै रुकुमपूर्व र बाग्लुङको ढोरपाटन जोड्ने यो सडकले यस क्षेत्रको आर्थिक सामाजिक क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ । सडकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले हालै संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले रोल्पा हुँदै लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्व जोड्ने यो सडकलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए । यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले ‘समृद्ध प्रदेश, सुखी जनता’ बनाउने उद्देश्यअनुरूप यो सडकलाई स्तरोन्नति गर्न लागिएको उल्लेख गरे । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यो सडकले यस क्षेत्रको आर्थिक सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरे ।

पहिलो चरणमा साढे १५ किलोमिटर सडकको स्तरोन्नति गर्ने काम शुरू भएको छ । २०७९ मङ्सिर १० सम्ममा सम्पन्न गर्नेगरी रू. २१ करोड ६३ लाख ८३ हजारमा कन्काई इन्टरनेशनल बिल्डर्सले ठेक्का पाएको छ । उक्त सडकमा पुल निर्माण, पहिरो नियन्त्रण र सडक सुरक्षाका काम हुने सडक पूर्वाधार विकास कार्यालय रोल्पाले बताएको छ ।
सुलिचौर बजारदेखि सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ हुँदै थबाङसम्मको ६० किलोमिटर यो सडकमा अहिले हिउँदमा साना गाडीहरू चल्ने गरेका छन् । तर वर्षायाम शुरू भएसँगै पहिरो खसेपछि बन्द हुने समस्या छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्