काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने क्रोमियम हाइड्रोअक्साइडको आयात विगतमा वर्षहरूमा उल्लेख्य वृद्धि देखिएको छ । विगत १२ वर्षमा सो आयातको औसत वृद्धिदर ३२ प्रतिशत छ । तर गत आर्थिक वर्षमा क्रोमियम हाइड्रोअक्साइडको आयात रू. २३ लाख ८२ हजारमा सीमित छ,जो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब १३ प्रतिशत कम भएको देखिन्छ ।