ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इन्फिनिटी लघुवित्तको चौथो वार्षिक साधारणसभा आगामी माघ २४ गते

२०७७ पौष, २९  
लगानी
Image Not Found

पुस २९, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा आगमी माघ २४ गते शनिवार हुने भएको छ । कम्पनी सञ्चालक समितिको गत सोमवार बसेको बैठकले केन्द्रीय कार्यालय गैंडाकोट, नवलपुरमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल माध्यममार्फत सभा आयोजना गर्ने भएको छ । 

सभाले चुक्तपूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ । 

कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति हुने, नयाँ लगानीकर्ता भित्र्याउँने प्रयोजनका लागि उपयुक्त बैंकमा निवेदन दिने लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृति दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीको माघ ९ गतेदेखि २४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द रहनेछ । माघ ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुृनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्