पुस २९, काठमाडौं । प्रिमियर इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वमित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको १ लाख ३ हजार ७०० कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले शेयरहरु खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई पुस २९ गते (आज) देखि माघ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरेको हो ।
उक्त शेयरहरु खरिद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले प्रतिकित्ता रु. १ हजार ३५० मा नघट्ने गरी प्रतिकित्ता के कति दर भाउमा लिन कबुल गर्ने हो शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।
बोलपत्र आवेदन फाराम प्राप्त गर्ने र बुझाउँने स्थानहरुः नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नारायन चौर, नक्साल कार्यालय र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको केन्द्रीय कार्यालय नक्साल रहेको छ । उक्त फाराम यी कम्पीको वेवसाइटबाट पनि डाउनलोड गरि लिन सकिने छ ।