ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेमा २ ओटा विकास बैंकको मूल्य समायोजन

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार दुई ओटा विकास बैंकको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो । 

ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २१९ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. २४१ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बोलाइएको हो । 

त्यस्तै, नेप्सेले नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरको समायोजन गरी शेयरमूल्य रू. ४६५ तोकेको छ । मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२९ मा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले माघ १३ गतेदेखि ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्