पुस २९, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
राष्ट्र बैंकले कम्पनीलाई लाभांश वितरण गर्नका लागि गत पुस २७ गते स्वीकृती दिएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ दशमलव ००५५६५ प्रतिशत बोनस शेयर र १ दशमलव ०००२९७०९३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो ।
अव यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।