ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ८२९ को आधारमा शतप्रतिशत हकप्रद पछिको मूल्य रू. ४६५ तोकेको हो ।उक्त कम्पनीले माघ १३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २९ गते बुक क्लोज गरेकाले नेप्सेले हकप्रद पछिको मूल्य तोकेको हो । 

कम्पनीले १ बराबर १ को अनुापतमा रू. १०० अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने भएको हो । यस हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

हाल कम्पनीको चुक्तापूँजी रु. ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदपश्चात यो पूँजी रु. १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ ।  कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । 

उक्त कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ । शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्तावसहित कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५६ लाख १६ हजार रहेको छ । सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी रू. १३ करोड १२ लाख ३३ हजार पुग्नेछ । सो पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी रू. ३९ करोड ३७ लाख १ हजार चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्