पुस २९, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि प्रस्ताव गरेका लाभांश संशोधन गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७६/ ७७ को लागि १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा वित्तीय विवरण सुधार गरी पुनः पेश गर्न निर्देशन भएकाले लाभांश संशोधन गरेको हो ।कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ६१ लाख ४६ हजारको आधारमा ९ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीले कुल ९ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस अघिको प्रस्तावित लाभांशको तुलनामा संशोधित लाभांश २ दशमलव ९५ प्रतिशत कम भएको छ ।
प्रस्तावित लाभांश पुनः स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्नेसमेत कम्पनीले जानकारी दिएको छ ।