ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२८.१० अंकले बढेको बजारमा अपर तामाकोशीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ पौष, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । बुधवार कारोबार शुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक २८ दशमलव १० अंकले बढेर २ हजार २९५ दशमलव ८४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव २४ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको रू. १ अर्ब ६० करोड बराबरको खरीदविक्री भएको छ । उक्त कारोबार २३ हजार ७६७ पटकको व्यापारमा भएको हो ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४८ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १२ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५०४ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ५६८ मा रू. ११ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्