ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा  सुनुवाइ शुरु

२०७७ पौष, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौँं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बुधवारददेखि सुनुवाइ शुरु भएको छ । सर्वोच्चले बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास पनि गठन गरेको छ ।


इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

न्यायाधीश मल्ल भने इजलासमा नयाँ थपिएकी हुन् । गत बुधवारको सुनुवाइको क्रममा कानून व्यवसायीहरूले प्रश्न उठाएपछि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले उक्त मुद्दाकोसुनुवाइमा नबस्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गर्नुभएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्