ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कामना सेवा विकास बैंकको सभाले पारित गर्‍यो ४.६३% लाभांश 

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । कामना सेवा विकास बैंकले ४ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

कम्पनीकोे बुधवार बुढानीलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा सम्पन्न १४औं वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ४०  प्रतिशत बोनस शेयर र शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू २ अर्ब ५४ करोड रहेको छ ।

बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. २ अर्ब ६५ करोडभन्दा बढी पुगेको छ । साथै सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकमा जिपि राजबाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई पुन : नियुक्त गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्