पुस २९, काठमाडौं । ग्लोबल आइएमई बैंकले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कर्पोरेट कार्यालय कमलादीमा सम्पन्न सभाले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
१४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब ६३ करोडभन्दा बढी पुगेको छ । कम्पनीले हालसम्ममा ७३ ओटा जिल्लामा २६४ ओटा शाखा कार्यालयहरुबाट बैकिङसेवा प्रदान गर्दै आएको छ ।