ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु

२०७७ पौष, २९  
प्रदेश ०२
Image Not Found

पुस २९, महोत्तरी । महोत्तरी जिल्लामा आज (बुधवार)देखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी केशव विमलीले बुधवार जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष एवम् तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि बुधवार नै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

महोत्तरीमा २०७६ साल साउन १३ गतेदेखि शुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत आजसम्म २१ हजार २५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जानकारी दिएको छ । 

सोमध्ये २०७६ भदौ ८ गतेसम्म दर्ता भएका दुई हजार जनाको राष्ट्रिय परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया आजदेखि शुरु भएको हो ।

त्यसैगरी बुधवारदेखि विवरण संकलनको काम र परिचय वितरणको कामसँगसँगै हुने प्रजिअ विमलीले बताए । राष्ट्रिय परिचयपत्रका लागि अहिले महोत्तरीमा दैनिक औसतमा १०० जनाको विवरण संकलन हुँदै आएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्