ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

श्री इन्भेष्टमेन्टको साधारण सभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २६औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको हो । 

सभाले हाल कायम चुक्तापूँजीको ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र ३ दशमलव १६ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ८९ करोड १ लाख ३४ हजार ८७९ दशमलव ५० पुगेकोे छ । 

सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रू. ५ अर्ब २५ करोड र कर्जा सापट रू. ४ अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा रू. ११ करोड १९ लाख भएको जानकारी गराए । 

हाल कम्पनीले आफ्ना १३ ओटा कार्यालयहरुमार्फत सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्