ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्पर्स लघुवित्तको सभाले पारित गर्‍यो २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव 

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आव २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति, आव २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन पारित गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापुँजीको १९ दशमलव ५० प्रतिशत बोनस शेयरको र कर प्रयोजनका लागि १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश गरी कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, सभाले स्पर्स लघुवित्तलाई ग्लेबल आइएमई लघुवित्तले प्राप्ति गर्ने प्रयोजनको लागि मूल्याङकनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्याङकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्तको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई लघुवित्तको शून्य दशमलव ९० कित्ता शेयर दिने गरी शेयर स्वाप रेशियो अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्