ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विजय लघुवित्तको आठौं सभाले गर्‍यो २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित  

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । विजय लघुवित्त वित्तिय संस्थाको आठौं वार्षिक साधारण सभाले आव ०७६/०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको बुधवार विजय विकास स्रोत केन्द्र गैडाकोटमा सम्पन्न साधारण सभाले १९ प्रतिसत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै कम्पनीको कायम चुक्तापूँजीमा १९ प्रतिशतले वृद्धि गरी रू. २६ करोड ६५ लाख ९७ हजार ४८५ पुर्‍याउने प्रस्ताव पारित भएको छ ।

सभाले कम्पनीको आव २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन  साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । 

सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

कोभिड-१९ को कारण हुनसक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारण सभामा भौतिक  साथै भर्चुअल माध्यमबाट भाग लिन सक्ने गरी व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्