ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालको पहिलो बैंकिङ एमबीए केएफएमा

२०७७ माघ, १  
१० वर्ष अघि
NA

सन् २००१ देखि आधारभूत बैंकिङ तालिम दिँदै आएको केएफएले बैंकिङ तथा विमा विषयमा एमबीए पढाउन थालेको छ । वित्तीय क्षेत्रमा भविष्य बनाउन चाहनेहरूका लागि यसै वर्षको जनवरीदेखि यो कार्य सुरु गरिएको केएफएका महाप्रबन्धक केशु झाले बताए । बैंकिङ विषयमा एमबीए पढाउने केएफए नेपालका एकमात्र शैक्षिक संस्था हो । यसले भारतको विनायक मिसन विश्वविद्यालयको सम्बन्धनमा यो विषय पढाउन थालेको हो । ‘हामीले बैंकका लागि सहायक स्तरका कर्मचारी उत्पादन गर्न तालिम दिँदै आएका थियौं, अब एमबीएबाट व्यवस्थापक तहका दक्ष कर्मचारी उत्पादन हुन्छन्,’ महाप्रबन्धक झाले भने ।

केएफए नेपाली वित्तीय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने मुख्य उद्देश्यले स्थापित भएको हो । यसले सुरु गरेको एमबीए कोर्र्स दुई वर्षमा पूरा हुन्छ । यसमा प्रतिब्याच ७२ जना विद्यार्थीले नयाँ भर्ना पाउँछन् । एमबीएमा भर्ना हुनका लागि कुनै पनि विषयमा दोस्रो श्रेणीमा स्नातक उत्तीर्ण गरेको हुुनुपर्नेछ । दुई वर्षको पढाइका लागि करिब ३ लाख १० हजार रुपैयाँ लाग्ने केएफएले बताएको छ । यो पढाइ सेमेस्टर प्रणालीमा हुनेछ । केएफएले यस कोर्सको नयाँ ब्याचको पढाइ आगामी जुलाईबाट सुरु गर्ने बताएको छ ।

नेपाली वित्तीय क्षेत्रमा रहेको दक्ष जनशक्तिको अभावलाई यो एमबीएले परिपूर्ति गर्नेछ । एमबीए प्रोग्राम एडभाइजर प्रा.डा. देवराज अधिकारीले भने । यो विषयको पढाइ सुरु भइसकेपछि राम्रै कोर्षको पढाइ सुरु गर्ने धेरैले सुझाव दिएको उनको भनाइ छ ।

अंक ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्