ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आयुर्वेदिक उपचार सेवा केन्द्र सञ्चालनमा

२०७७ माघ, १  
प्रदेश ०५
NA

दाङ । दाङका राप्ती र बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ । आयुर्वेदिक पद्धतिद्वारा नागरिकको उपचारमा सहयोग पुर्‍याउन राप्ती गाउँपालिकाको कार्यालय मसुरिया, राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुर र प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीको पहलमा राप्ती गाउँपालिका–२ लालमटियामा कविराजसहितको सेवा केन्द्र सञ्चालनमा आएको छ ।राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया मानव जातिको व्यवहार परिवर्तन गर्ने उद्देश्यले आयुर्वेद चिकित्साको उत्पत्ति भएकाले यसको संस्थागत विकासमा जोड दिइएको बताए । आरोग्य सेवा केन्द्रमा खासगरी पेटका रोग, कमलपित्त, नाक, कान र घाँटी, शल्य चिकित्सा, श्वासप्रश्वास, छातीसम्बन्धी रोग, पायल्स, फिस्टुला, स्त्री चिकित्सा, महीनावारी गडबडी लगायत रोगको उपचार गरिने चिकित्सक मदनकुमार बिसीले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्