ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लमजुङमा उद्यान निर्माण कार्यक्रम शुरू

२०७७ माघ, १  
गण्डकी प्रदेश
NA

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले जिल्लामा आठ उद्यान निर्माणको काम शुरुआत गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा उक्त उद्यान निर्माणको काम थालिएको हो ।

चालू आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम शुरू गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार मस्र्याङ्दी गाउँपालिकामा डा. हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ । त्यस्तै रू. १० लाख बजेट रहेको राइनास नगरपालिका–३ हरित बाल उद्यान, रू. पाँच÷पाँच लाख बजेट रहेका बेँसीशहर–११ को मदन–आश्रित स्मृति उद्यान र दोर्दी–४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले बताएको छ ।

विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ । अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन लगायत कार्यक्रम छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्