ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फलेवास नगरपालिकाको स्थायी केन्द्र

२०७७ माघ, १  
गण्डकी प्रदेश
Image Not Found

पर्वत (अस) । पर्वतको फलेवास नगरपालिकाले स्थायी केन्द्र तोकेको छ । अस्थायी रूपमा फलेवास–५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकमा सरेको हो ।
कार्यपालिकाको बहुमतको आधारमा केन्द्र सार्ने निर्णय गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयमा स्थानान्तरण गरेर सञ्चालन गरिँदै आएको थियो । हाल रहेको अस्थायी केन्द्रबाट नयाँ स्थानान्तरण हुने झकलक झण्डै १ किलोमिटर पर्छ । उक्त स्थानमा ६० दशमलव ८ रोपनी जग्गा उपलब्ध भएको छ ।

उक्त जग्गामध्ये अधिकांश हिस्सा स्थानीय नागरिकले नगरपालिकालाई प्रदान गरेका हुन् । ३ रोपनी क्षेत्रफलमा रहेको सिँचाइको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएकाले नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख शर्माले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ मा नगर तथा गाउँपालिकाको स्थायी केन्द्र बनाउन आफ्नै स्वामित्वको जग्गा हुनुपर्ने र उक्त जग्गा नगरपालिकाको हकमा कम्तीमा ८ रोपनी र गाउँपालिकाको हकमा कम्तीमा ६ रोपनी हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्