ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंकको क्यूआर क्यास विथड्र सुविधा

२०७७ माघ, १  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं, (अस) । कुमारी बैंकले क्यूआर स्क्यान एन्ड विथड्र सुविधा सुरु गरेको छ । उक्त सुविधाअन्तर्गत बैंकका ग्राहकले बिनाकार्ड या चेक कुमारी स्मार्ट मोबाइल एप्लिकेसनमार्फत टेलरमा राखिएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् ।

ग्राहकले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्यान्डमार्फत उक्त सेवाको लाभ लिन सक्ने बैंकले जनाएको छ । क्यूआर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ र कार्डको दैनिक कारोबार सीमाअन्तर्गत हुनेछ । बैंकले हाल १ सय ९२ शाखा, १ सय ५२ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ र १३ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सुविधा दिँदै आएकोे छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्