कास्की (अस) । पोखरा फाइनान्सको साधारणसभा बुधबार सम्पन्न भएको छ । दरबारथोक ब्याङ्क्वेट बास्तोलाथर, पोखरामा आयोजित सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले पोखरा फाइनान्स र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. ९६ करोड ३१ लाख पुगेको छ ।