ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट

२०७७ माघ, १  
बजार
NA

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् । यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो । आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि संघीय सरकारको रू. ७० लाख र गाउँपालिकाको रू. ४२ लाख बजेट छ । ‘गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ,’ उनले भने ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्