काठमाडौं, (अस) । लक्ष्मी बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
साधारणसभाले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड पुगेको छ ।
साधारणसभाले आर्थिक वर्ष ०७५/७६ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
आव ०७६/७७ मा १००.७६ अर्ब निक्षेप र ८९.८९ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार १ सय २८ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको साधारणसभामा जानकारी दिइएको थियो ।