काठमाडौं (अस) । आईसीएफसी फाइनान्सको सत्रौं वार्षिक साधारण कम्पनीको रजिस्टर्ड कार्यालय, टंगाल काठमाडौंमा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १५५ (१०.५ प्रतिशत बोनश शेयर तथा ४.५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मत पारित
गरेको छ ।
साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना सञ्चालक रामबाबु पन्त, सुशीलकुमार अर्याल र डा. वीरेन्द्रकुमार साहलाई आगामी ४ वर्षका लागि सर्वसम्मत सञ्चालकमा चयन गरेकोे छ ।
चुक्ता पुँजी ९२ करोड ६५ लाख रहेको यस फाइनान्सले हाल १८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र १७ वटा एटीएममार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।