ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रोटोन सागा भर्चुअल लाइभमार्फत नेपालमा सार्वजनिक

२०७७ माघ, १  
बजार
Image Not Found

काठमाडौं (अस) । जगदम्बा मोटर्सले मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको ‘प्रोटोन सागा’ गाडी भर्चुअल लाइभमार्फत नेपालमा सार्वजनिक गरेको छ ।

प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युबपेज, केही अनलाइन पोर्टललगायत विभिन्न सामाजिक सञ्जालका पेजमार्फत कार्यक्रम सञ्चालन गरिएको थियो ।

जगदम्बा मोटर्सले मलेसियाली प्रोटोन ब्रान्डका ४ चक्के गाडी नेपालमा बिक्री सुरु गरेको हो ।

कार्यक्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले टीभीएसका विभिन्न श्रेणीका दुई चक्के र तीन चक्के गाडी बिक्री गर्दै आएकोमा कम्पनीले मलेसियन प्रोटोन सागाको बिक्री सुरु गरिएको बताए । मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र ड्राइभिङ कम्फर्ट सुविधायुक्त प्रोटोन साँगा नेपालमा रोजाइको गाडी बन्ने उनको विश्वास छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले अटो मोबाइल कम्पनी प्रोटोनले संसारभर प्रभाव छाड्न सफल भइसकेकाले नेपालमा पनि यसको बिक्री राम्रो हुने विश्वास
व्यक्त गरे ।  

प्रोटोन सागा सन् १९८५ मा प्रथम पटक सावर्जनिक गरिएको थियो । यसमा १.३ लिटरको भीभीटी इन्जिन समाहित गरिनुका साथै एलिगेन्ट रियर स्पोइलर, नयाँ १५ इन्चको एलोए विह्ल डिजाइन, रिमोट ट्रंक रिलिजलगायतका विशेषता छन् ।

यो गाडी सुरक्षाको दृष्टिकोणले पनि  भरपर्दो हुनुका साथै हिल होल्ड एसिस्ट, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा, एबीएस विथ इबीडीजस्ता सुरक्षा सुविधा रहेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्