ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रस्तावित नेपाल सहकारी बैंक स्थापना प्रक्रिया सुरु

२०७७ माघ, १  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं, (अस) । प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु गर्न आउँदो माघ १७ गते काठमाडौंमा प्रारम्भिक भेला हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी बैक स्थापना गर्न प्रक्रिया अघि बढाइएको हो ।

देशभरिकै सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी बैंक स्थापनाको तयारी भइरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी छ ।
नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए ।

संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । तीमध्ये हालसम्म करिब १ हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने तयारी भइरहेको छ । बैकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ ।

प्रारम्भिक चरणमा बैंकको सेयर पुँजी ३ अर्ब रुपैयाँ हुने भण्डारीले बताए ।

हाल सहकारी ऐन, २०४८ को व्यवस्थाअनुसार सहकारी बैंक सञ्चालनमा छ । हाल सञ्चालनमा रहेको सहकारी बैंकले राष्ट्र बैंकबाट बैंकिङ अनुमति पाएको छैन ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्