ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एभरेष्ट बैंकले सुरु गर्‍यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली

२०७७ माघ, १  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं, (अस) एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यमा एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरु गरेको छ ।

यो विद्युतीय भुक्तानी प्रणालीले सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ । यसले हाल कोभिड–१९ महामारीको समय कर भुक्तानी गर्न कर कार्यालय पुग्ने बाध्यता र लामो प्रक्रियाको अन्त्य गर्ने बैंकले बताएको छ ।   

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको हो । बैंकले हाल १ सय शाखा, प्रादेशिक कार्यालय, १३२ एटीएम, ३३ वटा राजस्व संकल केन्द्रमार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्