काठमाडौं, (अस) । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले ग्राहकलाई लक्षित गर्दै गत दसैं–तिहारमा सुरु गरेको ‘महिन्द्रा उत्सव’ योजनाअन्तर्गत सञ्चालन गरेको उपहार योजनाको लक्की ड्रका विजेता घोषणा गरेको छ ।
योजनाअन्तर्गत ५ लाखको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा, रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितको उपहार राखिएको थियो । बम्पर पुरस्कारका रूपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) ३ जना भाग्यशाली विजेतालाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था थियो ।
क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा कम्पनीका ब्रान्ड अम्बासडर पारस खड्काले ‘लक्की ड्र’ कार्यक्रममार्फत ३ बम्पर पुरस्कार विजेता घोषणा गरे । कम्पनीका अनुसार धनकुटाका योगराज राई, नेपालगञ्जकी निरन्जना चौधरी, ३ नेपालगञ्जकै रामबहादुर कामीले बम्पर उपहार प्राप्त गरेका छन् ।