काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने म्यागानिज अक्साइडकोे आयातमा विगतमा वर्षहरूमा भारी ह्रास आएको छ । विगत १२ वर्षमा सो आयातको औसत वार्षिक ह्रास ५ प्रतिशत छ । गत आर्थिक वर्षमा म्यागानिज अक्साइडको आयात रू. १ करोड ५१ लाख ७७ हजार पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करीब ६५ प्रतिशत कम भएको देखिन्छ ।