ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार ८०० ले ओरालो लाग्यो सुनको भाउ

२०७७ माघ, १  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. ८०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ९०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ८०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २४५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्