ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले  प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न बोलायो सभा

२०७७ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन निष्कासन गर्ने प्रस्ताव पारित गर्न माघ २२ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

प्रिमियममा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले रजिष्टर्ड कार्यालय बत्तिसपुतली, काठमाडौंमा सभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभामा आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने तथा आर्थिक वर्ष २०७७/ ७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।पश्चिम नेपालको दाङमा उक्त कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्