ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वोमी लघुवित्तको सभाले गर्‍यो ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

२०७७ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । कम्पनीको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा सम्पन्न भएको हो । 

सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १:१ अनुपातमा स्वाप रेशियोमा गाभ्ने प्रस्तावलाई पनि पारित गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड ७८ लाख ४८ हजार रहेको छ । ३० प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी रू. ३६ करोड १२ लाख पुगेको छ । हालसम्ममा कम्पनीले ३८ जिल्लामा ६१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्