ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पुस मसान्तसम्म २२ ओटा वाणिज्य बैंकले सम्पन्न गरे वार्षिक साधारण सभा*

 बाँकी चारमध्ये तीन ओटा बैंकको मिति तय

२०७७ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये २२ ओटाले पुस मसान्तभित्रै वार्षिक साधारण सभा सम्पन्न  गरेका छन् ।

चालू आर्थिक वर्षको तीन महीनाभित्र वार्षिक लेखापरिक्षण सम्पन्न गरी ६ महीनाभित्र उक्त प्रतिवेदन वार्षिक साधारण सभामार्फत पारित गरिसक्नुपर्ने व्यवस्थालाई २२ ओटा वाणिज्य बैंहरुले निर्धारित अवधिभित्रै कार्यान्वयन गरेका हुन् । 

ती बैंकहरुले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसँगै प्रस्तावित लाभांशसमेत पारित गरेका छन् । अघिकांश बैंकहरुले सभामार्फत नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति सम्बन्धि नीति बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारीसमेत प्रदान गरेका छन् ।

कोभिडको प्रभावका विच पनि निरन्तर व्यवसाय सञ्चालक गरी नाफालाई निरन्तरता दिएका सूचीकृत २६ ओटै वाणिज्य बैंकहरुले यो वर्ष लगानीकर्ताहरुलाई प्रतिफल दिने भएका छन् । २२ ओटा बैंकहरुमध्ये धेरै जसो बैंकहरुले साधारण सभाबाट पारित भएको केहि घण्टाभित्रै शेयरधनीहरुलाई नगद लाभांश वितरण गरिसकेका छन् । बाँकी बैंकहरुले पनि ढिलोमा सातादिनभित्र नगद लाभांश सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरिसक्ने बताएका छन् ।

पुस मसान्तसम्म साधारण सभा गर्न बाँकी बैंकहरुमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सिद्धार्थ बैंक र सिभिल बैंक रहेका छन् । सिभिल बैंकले पुस २७ गते बल्ल लाभांश प्रस्ताव सार्वजनिक गरेको छ भने बाँकी तीन ओटा बैंकले साधारण सभाका लागि मिति तय गरिसकेका छन् । 

सिभिल बैंकले सञ्चालक समितिको निर्णय पश्चात प्रस्तावित लाभांशसहितको वार्षिक प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको र स्वीकृती पाएपश्चात माघ महीनाभित्रै साधारण सभा सम्पन्न गर्ने बताएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले माघ ८ गते, एनसीसी बैंकले माघ ९ गते र सिद्धार्थ बैंकले माघ १६ गतेको लागि बार्षिक साधारण सभा बोलाएका हुन् । यस वर्ष सबैभन्दा पहिला साधारण सभा सानिमा बैंकले सम्पन्न गरेको छ । सानिमा बैंकले कात्तिक २८ गतेनै साधारण सभा सम्पन्न गरेको हो ।

त्यस्तै बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एनआईसी एशिया र कुमारी बैंकले मंसिर महीनामा र बाँकी १६ बैंकले पुस महीनामा साधारण सभा सम्पन्न गरेका हुन् । 

पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गरिसकेका वाणिज्य बैंक :

                                                    स्रोत : सम्बन्धित बैंकले सार्वजनिक गरेको सूचना

साधारण सभा गर्न बाँकी बैंक :

                                                                  स्रोत : सम्बन्धित बैंकले सार्वजनिक गरेको सूचना

*सिटिजन्स  बैंक इन्टरनेशनलले  मंसिर २० साधारण सभा गरिसकेकोमा यसअघिको समाचारमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्