ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित

२०७७ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरेर कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, सभाले कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पनि निर्वाचित गरेको छ । सभाले आगामी ४ वर्षका लागि कर्ण बहादुर घले र प्रकाश राज विष्टललाई निविरोध निर्वाचित गरेको हो । 

हालसम्म कम्पनीले ६७ जिल्लामा १३७ शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्