ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुडवील फाइनान्सको १२ प्रतिशत लाभांश साधारण सभाबाट पारित

२०७७ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । गुडवील फाइनान्स कम्पनीले १२ प्रतिशत लाभांश साधारण सभाबाट पारित गरेको छ । बुधवार होटल क्राउन ईम्पेरियल सोल्टीमोडमा सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । 

सभाले ८ दशमलव ४० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश गरेर कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले पारित गरेको नगद लाभांश बुधवार दिनदेखि नै शेयरधनीको बैंक खातामा पठाएको जानकारी गराएको छ । 

साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । बोनस शेयर वितरण पछि उक्त पूँजी रू. ८६ करोड ७२ लाख पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्